दुर्गा प्रसाईं अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
८ असोज २०८१ १७:२२
376
Shares

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालबाट डिस्चार्ज भएका छन्। पक्राउ परेकै दिन प्रसाईंको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो।

प्रसाईंलाई उच्च रक्तचापको समस्या देखा परेको थियो। प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईंलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *