करण राई र मलिका महतको ‘काँडा भएनि’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं। द भ्वाईस अफ नेपाल सिजन ४ विजेता गायक करण राई र चर्चित अभिनेत्री मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
उक्त गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ। थुग्तेन डुक्पाको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार डम्बर नेपालीको संगीत रहेको छ। महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन्।
चर्चित निर्देशक विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा करण र मलिकाको जोडी जमेको छ। प्रेमि–प्रेमीकाको एक मिलनको संयोगमा तयार भएको भिडियोमा करण र मलिकाको धमाकेदार डान्सपनि देख्न सकिन्छ।
बिक्रमकै निर्देशनसँगै कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी रहेको छ। मिलन विश्वकर्माको सम्पादन तथा कलर रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment