काठमाडौंमा स्याउ मेला लाग्ने
काठमाडौं। काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ। ठमेलको होटल मनाङको सहकार्यमा किसान भेन्चरको आयोजनामा हुन लागेको मेला असोज १७ गतेदेखि तीनसम्म चल्ने छ।
किसान भेन्चरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको हो। महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउहरु राखिने किसान भेन्चरका सिइओ राजेश कार्कीले जानकारी दिए।
विभिन्न कारणले नेपालमा उत्पादीत स्याउले बजारीकरणको अभाव झेल्नुपरेको र ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको उनले बताए।
स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उदेश्यका साथ मेलाको आयोजना गरिएको उनको भनाइ छ। मेला ठमेलस्थित होटल मनाङमा आयोजना हुने बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment