महिला लिग फुटबलमा पुलिस क्लब विजयी
काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो। पुलिसका लागि निर्मला उपाध्यायले ४३ औं मिनेट, मनिषा राउतले ५४ र सम्झना लावतीले ८२ औ मिनेटमा गोल गरेकी थिइन्।
जितसंगै पुलिस ८ खेलमा १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै छ भने समान खेल खेलेको कर्णाली ४ अंकका साथ तालिकाको नवौ स्थानमा रहेको छ।
प्रतियोगीता अन्तर्गत बिहीबार पहिलो खेलमा चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका र दोश्रो खेलमा कोशी प्रदेश र सुदुरपश्चिमबीच प्रतिष्पर्धा हुने एन्फाले जनाएको छ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment