बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनद्वारा सन्यासको घोषणा

डिसी नेपाल
१० असोज २०८१ १५:३२
196
Shares

काठमाडौं । बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले सन्यासको घोषणा गरेका छन् । उनले बिहीबार अचानक पत्रकार सम्मेलन बोलाएर आफ्नो अन्तिम टेस्ट दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने बताए । उनी भारत भ्रमणमा बंगलादेशको टोलीमा छन्, यद्यपि उनी कानपुर टेस्ट खेल्नेमा शंका छ।

३७ वर्षीय बंगलादेशी अलराउन्डरले भने, ‘मैले मेरो बोर्डलाई मिरपुरमा अन्तिम टेस्ट खेल्ने इच्छा व्यक्त गरेको छु । म घर फर्किने प्रयास पनि गरिरहेको छु, यदि त्यसो भएन भने भारतविरुद्धको कानपुर टेस्ट मेरो अन्तिम खेल हुनेछ । साकिबले भने- ‘म मेरो देश जान सक्छु, तर मलाई थाहा छैन त्यहाँ मलाई के हुनेछ।’

शाकिब अल हसन विगत केही दिनदेखि सेन्ट्रल सेरस कोरियोरेटिनोप्याथीबाट पीडित छन्। यो एक अवस्था हो जसमा आँखाको रेटिना मुनि तरल पदार्थ जम्मा हुन्छ। जसले दृष्टिमा बाधा पुर्याउँछ ।

यही समस्याका कारण भारतविरुद्ध चेन्नईमा खेलिएको पहिलो टेस्टमा शकिबले घाँटीमा कालो धागो लगाएका थिए र त्यसलाई मुखले थिचेका थिए । यो विधि उनले आफैं बनाएका हुन् ।

भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा शकिबले ३२ रन मात्र बनाउन सकेका थिए भने दोस्रो इनिङ्समा २५ रन मात्र बनाउन सकेका थिए । चेन्नईमा भएको यस टेस्टमा उनले कुनै विकेट लिन सकेनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *