पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा
पोखरा। पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन्। प्रतिबन्धित औषधि बेचबिखन गरेको आरोप लागेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन्।
भदौ २७ गते पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो। श्रेष्ठ आजै धरौटी बुझाएर रिहा भएका छन्।
लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका–४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।
प्रतिबन्धित ९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरिएको बयान दिएपछि सोहि बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment