अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
काठमाडौं। बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ।
भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो। दादा साहेब फाल्के चयन निर्णायक मण्डलले अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ।
मिथुन चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ।
मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाबाट राजनीति गरिरहेका छन्। यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ। दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो।
मिथुनले बलिवुडमा ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने तीन नेशनल अवार्ड समेत जितेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment