नेपालले आज ओमानविरुद्ध खेल्दै

डिसी नेपाल
१६ असोज २०८१ ९:२४
72
Shares

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित बभएको नेपाल, दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो ।

नेपालको यस सिरिजमा यो अन्तिम खेल हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९स् ४५ बजेदेखि शुरु हुने छ ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ७ टी-२० खेल भएका छन्, जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन् ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाललाई रहेका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *