गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम

डिसी नेपाल
१७ असोज २०८१ ९:२४
12
Shares

तनहुँ। कृषिकर्मका नवीन अभ्यासबारे किसानलाई जानकारी दिँदै उनीहरूलाई कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा अभिप्रेरित गर्ने उद्देश्यले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गण्डकी प्रदेशका क्रियाशील पत्रकारलाई तालिम दिएको छ ।

गण्डकी प्रदेशका  नौ जिल्लाका ३० पत्रकार सम्मिलित तीनदिने तालिममा कृषि प्रविधि, किसानका समस्या र गाउँपालिकाका गतिविधिका साथै कृषि क्षेत्रको विस्तार, कृषि विकासमा आमसञ्चार र पत्रकारिताको भूमिकाबारे व्यावहारिक ज्ञान दिइने कृषि तालिम केन्द्रका निमित्त प्रमुख नीलकण्ठ पोख्रेलले बताए।

गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषिमन्त्री पदमाकुमारी जिसीले बुधबार पोखरामा तालिमको उद्घाटन गर्दै देशको आर्थिक विकासका निम्ति कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर सबैले काम गर्नुपर्नेमा जोड दिए। “मुलुकको समृद्धिको आधार नै कृषि क्षेत्र हो,” उनले भने।

तालिममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र कृषिविज्ञ कुलराज चालिसे, अनिल सुवेदी, खोज पाठशालाका पत्रकार रामचन्द्र बरालले पत्रकारिताका नवीन अभ्यासबारे जानकारी दिँदै विकास र खोज पत्रकारिता गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *