वेस्ट इन्डिजका खेलाडीलाई क्रिकेट बोर्डले दियो सेन्ट्रल कन्ट्रयाक्ट

डिसी नेपाल
१७ असोज २०८१ १६:४४
80
Shares

काठमाडौं। वेस्ट इन्डिज क्रिकेट बोर्डले महिला तथा पुरुष क्रिकेट खेलाडीसँग एक तथा दुई वर्षको सम्झौता गरेको छ। बोर्डले ९ पुरुष खेलाडीसँग एक वर्षको सम्झौता गरेको छ भने ६ खेलाडीसँग २ वर्षको सम्झौता गरेको छ। त्यसैगरी ३ महिला खेलाडीसँग २ वर्षको र १२ महिला खेलाडीसँग एक वर्षको सम्झौता गरेको छ।

वेस्ट इन्डिज बोर्डले शाइ होप, अल्जारी जोसेफ, शमर जोसेफ, ब्रान्डन किंग, गुडाकेश मोती र जेडेन सील्स सँग दुई वर्षको सम्झौता गरेको हो। त्यस्तै एलिक एथेनाजे, क्रेग ब्राथवेट, केसी कार्टी, रोस्टन चेस, जोशुआ डा सिल्भा, काभम होज, अकील होसेन, रोमारियो शेफर्ड र रोभम्यान पावेलसँग एक वर्षको सम्झौता गरेको छ।

बोर्डले एक वर्ष सम्झौता भएका खेलाडीको सम्झौता २०२५ को सेप्टेम्बरमा सकिने र दुई वर्ष सम्झौता भएका खेलाडीको सम्झौता २०२६ को सेप्टेम्बरमा सकिने बताएको छ। वेस्ट इन्डिज क्रिकेट बोर्डले सेन्ट्रल कन्ट्रयाक्टमा भएका खेलाडीलाई वार्षिक एक लाख देखि एक लाख ५० हजार डलर दिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *