यू-१९ विश्वकप छनौट खेल्ने २० नेपाली महिला क्रिकेटरको छनौट
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने खेलाडी चयन गर्न दोस्रो फेजको क्याम्पका लागि २० खेलाडी छनौट गरेको छ। अन्तिम टिम छनौट गर्नुअघि २० खेलाडीलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिने क्यानले जनाएको छ।
दोस्रो फेजको क्याम्पका लागि छनौट भएका खेलाडीमा सोनी पाख्रिन, मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, सुष्मिता भुसाल, रन्जु श्रेष्ठ, किरण कुमारी कुँवर, त्रिशाना बिक, रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामति, पुजा महतो, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी, रचना चौधरी र आश्मा पुलामी मगर रहेका छन्।
२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन्। क्वालिफायरमा शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ। एशिया क्वालिफायर खेल नोभेम्बर ६ देखि दुबईमा हुँदै छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment