महिला टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको विजयी शुरुवात
काठमाडौं। जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गरेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले पराजित गरेको हो।
वेस्ट इन्डिजले दिएको ११९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गर्याे। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउदै ११८ रन बनाएको थियो।
अब वेस्ट इन्डिजले आगामी आइतबार स्कटल्याण्डसँग खेल्ने तालिका छ भने दक्षिण अफ्रिकाले सोमबार ईङल्याण्डसँग खेल्ने तालिका छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment