पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश

डिसी नेपाल
१८ असोज २०८१ २१:४७
56
Shares

काठमाडौं। यहाँ जारी एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले संकटा महिला फुटबल क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले संकटामाथि २–१ गोलअन्तरको जित निकालेको हो।

पुलिसका लागि अनुष्का शेर्पाले तेस्रो मिनेटमा गोल गर्दै खाता खोलिन्। त्यसपछि खेलको सातौ मिनेटमा पुलिसकी समीक्षा घिमिरे पेनाल्टीमा गोल गर्न चुके पनि त्यस लगत्तै गोल गर्न सफल भइन्।

खेलको ७३औँ मिनेटमा संकटाकी सेलेना अनिमाले एक गोल फर्काए पनि हार टार्नका लागि त्यो पर्याप्त भएन। यस खेलसँगै महिला लिगको पहिलो चरणका खेल सकिएका छन्।

प्रतियोगिताको दोस्रो चरणमा पाँच टोली प्रवेश गरेका छन्। दोस्रो चरणको सुपर लिगमा आजको विजेता नेपाल पुलिसक्बलसँगै एपिएफ, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *