अन्जु पन्तको स्वरमा ‘थाहै थिएन दिल आगो बिना नै जल्दो रहेछ’ सार्वजनिक

डिसी नेपाल
२० असोज २०८१ १३:००
100
Shares

काठमाडाैं। वरिष्ठ गीतकार बीबी थापाको शब्द रचनामा ३५ बर्ष अघि गायक प्रदीपराज पाण्डेको स्वर र संगीत महर्षि नातिकाजीको संगीतमा बनेको गीतलाई अहिले रिमेक गरेर सार्वजनिक गरिएको छ। गायिका अन्जु पन्तको स्वरमा ‘थाहै थिएन दिल आगो बिना नै जल्दो रहेछ’ सार्वजनिक गरिएको हो।

मिठासपूर्ण गीतलाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन्। यस अघि ‘म तिम्रो शहर छोडी टाढा’ को रिमेक पनि अन्जु पन्तको स्वरमा संगीत संयोजन चौलागाईंले नै गरेका थिए। पछिल्लो समय युवा पुस्तामा चर्चित बन्दै गएका एरेन्जर र गीतकार थापाको ट्युनिंग जमेको छ। गीतलाइ मिक्सिंग मास्टरिङ्ग प्रकाश मिश्रले गरेका छन्।

सार्वजनिक भिडियोमा निर्देशक नितिन चन्दले गीत अनुसारको कन्सेप्टमा राम्रो भिडियो निर्माण गरेका छन्। भिडियोमा सन्दीप वस्ती र कविता न्यौपाने फिचर्ड छन्। कविता र सन्दीपको जोडी सुहाएको छ। गीतको भाव अनुसार सुहाउँदो भिडियो बनेकोले अहिलेका दर्शक श्रोताको पनि मन जित्नेमा गीतकार थापा ढुक्क छन्।

पहिले रेकर्ड भएको गीत अडियो हिट भए पनि त्यो बेला अहिलेको जस्तो भिडियो निर्मणको चलन नभएकोले म्युजिक भिडियो निर्माण नगरिएको गीतकार थापाले बताए।

नमित चन्द ठकुरीको एसोसियट निर्देशन रहेको भिडियोको छायाँकन नुवा संदेशले गरेका छन् भने सम्पादन विजय कार्कीको रहेको छ। भिडियो बीबी थापा इन्टरटेन्मेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *