काभा यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी

डिसी नेपाल
२१ असोज २०८१ २०:२७
52
Shares

काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो।

खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो। तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्तत उज्वेकिस्तान विजयी भयो।

नेपालले उज्वेकिस्तानसँग पहिलो सेट १९–२५ले गुमायो भने खेलको दोस्रो सेट १४–२५ ले पराजित भयो।

यस्तै नेपालले तेस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्‍यो। तर, खेलको चौथो सेटमा नेपाल उज्वेकिस्तानसँग १५–२५ ले पछि पर्‍यो। प्रतियोगितामा नेपालको यो पहिलो हार हो। हिजो भएको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो।

यही असोज २६ गतेसम्म कोलम्बोमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *