विग्ही नदीले बगाउँदा किशोरीको मृत्यु
जलेश्वर। यहाँको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा आज विग्ही नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय वीरेन्द्र मण्डलकी छोरी १५ वर्षीया आरतीकुमारी मण्डल रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए। विग्ही नदीमा नुहाउन गएकी उनलाई नुहाउने क्रममा आएको बाढीले बगाएको थियो।
नदीले बगाएको किशोरी आरतीलाई स्थानीयले खोज्ने क्रममा बगाएको स्थानदेखि पाँच सय मिटर तल फेला पारेका थिए। किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment