शुटिङको क्रममा बलिवुड अभिनेता हाशमी घाइते

डिसी नेपाल
२२ असोज २०८१ ९:५६
88
Shares

काठमाडौं। बलिवुड अभिनेता इमरान हाशमी फिल्म शुटिङको क्रममा घाइते भएका छन्।

हाशमी तेलुगु फिल्म गुडाचारी-२ को सुटिङका ​​क्रममा गम्भिर घाइते भएका हुन्। हाशमीले आफ्नो स्टन्ट गर्नेक्रममा घाँटीमा चोट लागेको बताइएको छ। यसको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बलिउडपछि इमरान हाशमी अब साउथ फिल्ममा आफ्नो जादू देखाउन तयार रहेका छन्। उनले चाँडै नै साउथको सुपरहिट फिल्म ‘गुडाचरी’ को दोस्रो भागमा देखिनेछन्। यसअघि उनी सलमान खान र कट्रिना कैफको फिल्म टाइगर ३ मा देखिएका थिए । जसमा उनले खलनायकको भूमिका निर्वाह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *