जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
२२ असोज २०८१ २२:०६
40
Shares

जुम्ला। जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ। आज तिला गाउँपालिका–३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका–७ सर्मीतर्फ जाँदै गरेको क१प १६०५ नम्बरको मोटरसाइकल दुघर्टना हुँदा तातोपानी–७ सर्मी गाउँका अन्दाजी ३१ वर्षीय हेमराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भानुभक्त अर्यालले जानकारी दिए।

मोटरसाइकल सडकबाट अन्दाजी एक सय ६० मिटर तल भेरी खोलाको छेउमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। दुर्घटनामा परी हेमराजका छोरा अन्दाजी नौ वर्षीय परिश्रमको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *