कृष्णको ‘माखायात ग्वंग: माः भिडियोमा किरण र आराध्या ( भिडियो )
काठमाडौं। गायक कृष्ण भक्त महर्जन र गायिका बानिका प्रधानको युगल गायनमा रहेको नेपाल भाषाको गीत “माखायात ग्वंग: माः” म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।
यस गीतमा शब्द, संगीत स्वयम् गायक महर्जनको रहेको छ। गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा किरण जोशी र आराध्या लक्ष्मी खड्गीबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। लुभु वेभ म्युजिक इन्स्टिट्युट एण्ड स्टुडियो मार्फत भिडियोको छायाँकन र सम्पादन भएको हो।
बाल मुकुन्द प्रजापतिको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘कृष्ण भक्त महर्जन’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment