महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित

डिसी नेपाल
२६ असोज २०८१ ९:०९
36
Shares

काठमाडौं। जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुदै ८२ रन बनाएको थियो।

डिफेन्डिङ च्याम्पियन रहेको अस्ट्रेलियाको यस विश्वकपमा यो लगातार तेस्रो जित हो। समूह ए मा अस्ट्रेलिया ३ जितसहित ६ अंक बटुलेर शिर्ष स्थानमा रहेको छ। त्यसैगरी पाकिस्तानको ३ खेलमा २ अंक मात्र रहेको छ।

अब अस्ट्रेलियाले अर्को खेल भारतविरुद्ध आइतबार खेल्दै छ भने पाकिस्तानले सोमबार न्यूजील्याण्डसँग खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *