निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया
काठमाडौं। मिस इन्डिया २०२४ को उपाधि मध्य प्रदेशकी निकिता पोरवालले जितेकी छन्। गएराति मुम्बईमा भएको ग्राण्ड फिनालेमा पोरवालले मिस इन्डिया वर्ल्ड २०२४ को ताज पहिरिएकी हुन्। अब उनले मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन्।
त्यस्तै दादरा र नगर हवेली (केन्द्र शासित प्रदेश) की रेखा पाण्डे मिस इन्डिया २०२४ को फस्ट रनरअप र गुजरातकी आयुषी ढोलकिया मिस इन्डिया २०२४ को सेकेन्ड रनरअप बनेकी छन् । निकिता पोरवाल, रेखा पाण्डे र आयुषी ढोलकियालाई नेहा धुपियाले फूलको गुच्छा दिएर सम्मान गरेकी थिइन्।
डिजाइनर निकिता म्हसाल्कर, अभिनेत्री संगीता बिजलानी, निर्देशक अनीस बज्मी, अभिनेत्री र अभिनेत्री नेहा धुपिया, कोरियोग्राफर बोस्को मार्टिस र निर्देशक मधुर भण्डारकर निर्णायक रहेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment