दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने

डिसी नेपाल
१ कार्तिक २०८१ १५:३६
112
Shares

काठमाडाैं। प्रमुख दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने सहमति भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए।

आयोग गठनका लागि अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो। बस्नेतले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको र शीर्ष दलबीच सहमति समेत भएको जानकारी दिए।

उनले एकदिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र निश्चित समयभित्र आयोग गठनको काम टुंगिने उल्लेख गरे। आयोगमा रहने पदाधिकारीको सिफारिस सर्च कमिटीले गर्ने उनले बताए।

बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी थिए। गत भदौ १३ गते राष्ट्रपतिबाट उक्त आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *