‘पल पलमा’मा नविन र अन्शुलाको अन्स्क्रिन प्रेम ( भिडियो )
काठमाडौं। ‘पल पलमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा सुरेश लामाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शब्द बिष्णु बाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

नविन न्यौपाने र अन्शुला कार्कीबीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘पल पलमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युयुश ढकालले छायाँकन गरेको यस भिडियोमा आरती लिम्बुको सम्पादन रहेको छ।

बिचित्र फिल्मसले निर्माण गरेको यस भिडियोलाई नविन न्यौपानेको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘अमेजिंङ प्राइम नेपाल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment