अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश

डिसी नेपाल
१ कार्तिक २०८१ १७:०५
32
Shares

काठमाडौं। नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसले उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएको हो।

बारका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्चका प्रवक्ता तथा उपरजिस्ट्रार गोविन्द घिमिरेले टिप्पणी उठाएर मुद्दा दर्ता गरेका थिए। न्याय परिषद् नियमावली सच्याउन माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिएको बारले न्यायाधीशहरुले भ्रष्ट्राचार गरेको भन्दै आक्रामक अभिव्यक्ति दिएका थिए।

बारको आन्दोलनलाई बेवास्ता गर्दै निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशद्धय नित्यानन्द पाण्डे र नृपध्वज निरौलालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका थिए।

आफूहरुको आन्दोलनलाई पन्छाएर न्याय परिषद्ले एकलौटी गरेको भन्दै बार अध्यक्ष घिमिरेले सेटिङमा न्यायाधीश नियुक्ति गरेको आरोप लगाएपछि सर्वोच्चको फुलकोट बैठकले घिमिरेविरुद्ध मुद्दा दायरगर्ने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *