रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै

डिसी नेपाल
२ कार्तिक २०८१ १८:४६
352
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको पोखरा लैजाँदै छ। पक्राउ पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेको प्रहरी टोलीसँग सभापति लामिछानेको कुराकानी भइरहेको र पक्राउका क्रममा प्रहरीलाई कुनै किसिमको अवरोध वा प्रतिकार नगरिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले स्पष्ट गरे।

सभापति लामिछानेले पार्टी सदस्य र सञ्चारकर्मीलाई आफ्ना कुरा राखेपछि सडकमार्ग हुँदै पोखरा जाने उनले जानकारी दिए। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो। सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको छ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *