वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु

डिसी नेपाल
७ कार्तिक २०८१ १७:०४
44
Shares

काठमाडौं। वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु हुने भएको छ।

सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग अब २४ सै घण्टा खुला हुने भएको हो।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बुधवारदेखि राजमार्ग २४ सै घण्टा सुचारु गरिएको छ। यसअघि असोज ३० देखि राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *