तिहारमा ग्राहक कुर्दै असन-इन्द्रचोक (तस्बिर)
काठमाडौं। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ।
बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो।

तिहार सुरु भएसँगै राजधानीका मुख्य बजारमा किनमेल गर्नेको भीड हुने गर्दछ। तर यो पटक विगतको जस्तो व्यापार नभएको व्यापारीले गुनासो गरेका छन्।

तिहारमा दाजुभाइलाई दिदी बहिनीले सगुन स्वरुप दिने भाइ मसला किन्न राजधानीका मुख्य बजार मानिएको असन इन्द्रचोकमा यतिबेला व्यापार छैन। व्यापारी ग्राहक कुरेर बसेका देखिन्छन्। आजदेशि यमपञ्चक सुरु भएका कारण व्यापार बढ्ने व्यापारीले आशा गरेका छन्।

























No ads found for this position
प्रतिक्रिया


Facebook Comment