जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन

डिसी नेपाल
१३ कार्तिक २०८१ ९:५६
28
Shares

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन गरिएको छ। लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सम्पन्न विस्तारित बैठकबाट प्रदेश समितिको उपाध्यक्षमा बाबु खाँ पठान, सचिवहरु शिवपुजन यादव, सुशीला पौडेल शर्मा, शिवकुमार चौधरी र कोषाध्यक्षमा विद्या प्रसाद यादवलाई चयन गरिएको हो ।

त्यस्तै समितिको कार्यकारिणी समितिको सदस्यमा निरू गैरै, गौतम यादव, बच्चुलाल केवट, स्वामीनाथ शर्मा र महेमुद इद्रिसी चयन भएका छन् ।

जसपा नेपालको कार्यबाहक अध्यक्ष रामअवतार यादव र मुख्य सचिव राजन राना मगर रहेका छन् । बैठकबाट प्रदेश समितिको सदस्य पदमा जयन्तीदेवी श्रीवास्तव, मो. सब्बिर अन्सारी , उत्तम गुप्ता र ईसरत मुकेरीलाई चयन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *