मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन

डिसी नेपाल
१३ कार्तिक २०८१ १९:०६
60
Shares

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन्।

मन्त्रालयका सचिव केशवकुमार शर्मासहित मन्त्री दाहाल आज अपराह्न मीनभवनस्थित विभागको कार्यालय पुगेका हुन्। त्यस क्रममा उनले सेवाग्राहीसँग विभागबाट प्रवाह भइरहेको सेवाका बारेमा जानकारी लिनुभयो । सेवाग्राहीले छिटोछरितो सेवा प्रवाहको वातावरण बनाइदिन आग्रह गरेका थिए। सेवाग्राहीसँग कुराकानीपछि मन्त्री दाहालले टोकन प्रणाली लागूगरी लाइन नलागेर सेवालिने प्रबन्ध मिलाउन विभागका महानिर्देशकलगायत सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए।

उनले डिजिटल सवारी चालक अनुमतिपत्र र इम्बोस्ड नं छपाइका बारेमा पनि जानकारी लिए। विभागका महानिर्देशक राजीव पोखरेलले हाल दैनिक चार हजारका दरले चालक अनुमतिपत्र छपाइ भइरहेको जानकारी गराए। प्रदेशस्तरबाट समेत छपाइ सुरु भएकाले विभागमा केही चाप घटेको र डिजिटल कार्ड छपाइलाई चुस्त र नियमित बनाइएको उनको भनाइ थियो। ‘इम्बोस्ड नं जडानलाई थप तीव्र र व्यवस्थित पार्दैछौँ। विद्युतीय सवारी दर्ता प्रणालीलाई देशैभरि कार्यान्वयन गरिने छ। यस्तै नयाँ सडकमा थप रुट निर्धारणका लागि अध्ययन भइरहेको छ’, महानिर्देशक पोखरेलले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *