प्रधानमन्त्रीद्वारा नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन भन्दै प्रशंसा गरेका छन्।
आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका हुन्। प्रधानमन्त्री ओलीले खेलमा विजयी खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment