विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भयो: उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
१६ कार्तिक २०८१ १८:३७
136
Shares

काठमाडौं। उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्दोलन र संघर्षका दशकौंदेखि संघर्ष गरेकाहरुमाथि दुष्प्रयास भएको भन्दै आक्रोश पोखेका छन्।

आज काठमाडौंको घट्टेकुलोमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे।

सम्बोधनको क्रममा उनले भने, ‘हाम्रो देशमा पछिल्लो समय विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने प्रवृत्ति देखा पर्यो, यसले देशलाई कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रियता कहाँ पुग्छ ? हामीले यसबारे ख्याल गर्नुपर्छ, फेसबुकमा कसैले लेख्दियो त्यसैको पछि कुद्ने ? लेख्ने र हेर्ने अधिकार सबैलाई छ। तर, सही गलत छुट्याउने जिम्मेवारी त तपाईँ हाम्रो हो नि।’

उनले आफूले इमानदार राजनीति गरेकै कारण र कुनै गल्ती नगरेकोले काठमाडौंबाट निरन्तर चुनाव जित्दै आएको पनि स्मरण गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *