स्पोर्टिंग सिपीसँग म्यानचेस्टर सिटी स्तब्ध

डिसी नेपाल
२१ कार्तिक २०८१ ८:१०
48
Shares

काठमाडौं। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पोर्चुगलको क्लब स्पोर्टिंग सिपीसँग स्तब्ध भएको छ।

गएराती सम्पन्न युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी स्पोर्टिंग सिपिसँग ४-१ गोल अन्तरले पराजित भएको हो।

स्पोर्टिंग सिपिको जितमा भिक्टोर गिओकेरेजले ह्याट्रिक गरेका थिए भने म्याक्सीमिलियानोले एक गोल गरेका थिए। त्यस्तै सिटीका लागि एक गोल फिल फोडेनले गरेका थिए।

यो जितपछि स्पोर्टिंग सिपी ४ खेलमा १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने म्यानचेस्टर सिटीको ४ खेलमा ७ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *