७ ब्याटलग्राउण्ड राज्यमध्ये पहिलो ट्रम्पले जिते

डिसी नेपाल
२१ कार्तिक २०८१ ११:१८
396
Shares

काठमाडौं । नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । यो अमेरिकाको सात स्विङ राज्य मध्ये एक हो।

स्विङ स्टेट भनेको त्यो राज्य हो जहाँ चुनावमा जित वा पराजय एकदमै नजिक हुन्छ।

नर्थ क्यारोलिनाका सबै १६ इलेक्टोरल भोटहरू अब रिपब्लिकन पार्टीका छन्। अमेरिकामा कुल ५३८ इलेक्टोरल भोटहरू छन्, जसमध्ये विजयका लागि २७० मत आवश्यक पर्दछ।

अधिकांश स्विङ स्टेटको नतिजा आउन बाँकी छ । कमला ह्यारिसले पेन्सिलभेनिया, मिशिगन र विस्कन्सिनमा जित्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *