महिला यु–१९ विश्वकप क्रिकेट छनोट: नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै

डिसी नेपाल
२१ कार्तिक २०८१ १६:००
76
Shares

काठमाडौं। आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ। थाइल्याण्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो।

आजदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्याण्डको सामना गर्दैछ। युनाइटेड अरब इमिरेट्स (युएई) मा आदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ। प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्यान्ड सहभागी छन्।

प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक २२ गते कुवेतसँग खेल्ने छ। प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *