महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
काठमाडौं। महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालले विजयी शुरुवात गरेको छ।
२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो। नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १३.४ ओभरमा अल आउट हुदै केवल ३५ रन बनाएको थियो।
नेपालले अब दोस्रो खेल विहिबार कुवेतसँग खेल्ने छ भने शनिबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ। त्यस्तै आइतबार फेरी थाइल्याण्डसँग, मंगलबार कुवेतसँग र बुधबार युएईविरुद्ध खेल्ने छ।
क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनोट हुनेछ। चार देशले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनोट हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment