डोनाल्ड ट्रम्पको जितको भोलिपल्ट अमेरिकी जनतालाई श्रीमती मेलानियाले के भनिन् ?
काठमाडौं । अमेरिकी चुनाव जितेपछि डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले बिहीबार बिहान अमेरिकी जनताका लागि पोस्ट लेखेकी छन् ।
आफ्नो एक्स खातामा उनले लेखिन्, “बहुसंख्य अमेरिकीहरूले हामीलाई यो महत्त्वपूर्ण जिम्मेवारीमा विश्वास गरेका छन्। हामी हाम्रो गणतन्त्रको स्वतन्त्रताको रक्षा गर्नेछौं।”
मेलानिया ट्रम्पले लेखेकी छिन्, “हामी आशा गर्छौं कि हाम्रो देशका नागरिकहरू फेरि एक अर्काका लागि एकजुट हुनेछन्। उनीहरू व्यक्तिगत स्वतन्त्रता, आर्थिक समृद्धि र सुरक्षाका लागि आफ्नो व्यक्तिगत विचारधाराभन्दा माथि उठ्नेछन्।”
अमेरिकाकी भावी प्रथम महिलाले आफ्नो पोष्टमा अमेरिकाको ऊर्जा, सीप र पहलले देशलाई अगाडि बढाउन हाम्रो उत्कृष्ट प्रतिभालाई एकसाथ ल्याउने बताएकी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment