अमेरिकी केन्द्रीय बैंकका प्रमुखले भने, ‘ट्रम्पले भने पनि म आफ्नो पद छोड्दिन’

डिसी नेपाल
२३ कार्तिक २०८१ १३:२३
268
Shares

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले आफ्नो बारेमा गरिएको अनुमानमा प्रतिक्रिया दिएका छन्।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितपछि पावेलको स्थितिबारे अनिश्चितता बढेको छ । तर अब पावेलले यसबारे स्पष्ट गर्दै यदि ट्रम्प आफैंले उनलाई पद छोड्न भने पनि आफूले पद नछोड्ने बताए ।

उनले भने, “ह्वाइट हाउसले मलाई राजीनामा दिन दबाब दिनु गैरकानुनी हो।”

पावेलले आफ्नो बयानमा ट्रम्प प्रशासनको समयमा अमेरिकी अर्थतन्त्र कुन गतिमा बढ्छ वा उसको नीतिहरूले यसलाई कसरी असर गर्छ भन्ने अहिले नै भन्न हतार हुने पनि बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *