दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात
काठमाडौं। भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ६१ रनले पराजित गरेको हो।
भारतले दिएको २०३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका १७.५ ओभरमा अल आउट हुँदै १४१ रन मात्र बानाएको थियो।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २५, गेराल्ड कोएत्जीले २३ बाहेक अन्य ब्याट्सम्यानले योगदान दिन असफल भएका थिए। दक्षिण अफ्रिकाको ब्याटिंग ध्य्वस्त गर्नेक्रममा भारतीय बलर बरुण चक्रवर्ती र रवि विस्नोईले ३-३ विकेट लिएका थिए भने आवेश खानले २ तथा अर्शदीप सिंहले एक विकेट लिएका थिए।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। भारतका लागि सन्जु सामसनले १०७ रन बनाएका थिए भने तिलक बर्माले ३३, कप्तान सुर्यकुमार यादवले २१, रिंकु सिंहले ११ रन बनाएका थिए।
भारतको यो जितपछि ४ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ। अब सिरिजको दोस्रो खेल आइतबार हुने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment