गत अक्टोबरमा भएको युद्धमा रुसले सबैभन्दा बढी क्षति बेहोरेको बेलायती रक्षा प्रमुखको दाबी

डिसी नेपाल
२६ कार्तिक २०८१ ११:४२
60
Shares

काठमाडौं । बेलायतका रक्षा प्रमुख एडमिरल टोनी राडाकिनले बीबीसीसँग कुरा गर्दै अक्टोबर महिना रुसका लागि युद्ध सुरु भएदेखिकै सबैभन्दा खराब रहेको दाबी गरेका छन् ।

बेलायती रक्षा प्रमुखले बीबीसी वनको ‘सन्डे विथ लौरा कुएन्सबर्ग’ कार्यक्रममा भने, “अक्टोबर महिनामा सबैभन्दा बढी रुसी सैनिक या त मारिएका वा घाइते भएका छन्।”

टोनी राडाकिनका अनुसार, “औसतमा, अक्टोबर महिनामा हरेक दिन १५०० रूसी सैनिकहरू मारिएका वा घाइते भएका छन्।”

साथै, फेब्रुअरी २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएदेखि, जम्मा सात लाख रुसी सैनिक या त मारिएका वा घाइते भएका छन्।

रसियाले युद्धमा मारिएका सैनिकहरूको संख्या खुलासा गरेको छैन। आफ्नो कुराकानीमा बेलायती रक्षा प्रमुखले भने, “रुसी जनताले पुटिनको आक्रमणको असाधारण मूल्य चुकाउनु परेको छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *