डोनाल्ड ट्रम्प र जर्मन चान्सलरबीच फोनमा कुराकानी

डिसी नेपाल
२६ कार्तिक २०८१ १३:४२
52
Shares

काठमाडौं । जर्मन सरकारका प्रवक्ताका अनुसार आइतबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जसँग फोनमा कुराकानी गरेका छन् ।

जर्मन सरकारका प्रवक्ता स्टेफन हेबस्ट्रेटका अनुसार, “स्कोल्ट्ज र आगामी अमेरिकी राष्ट्रपतिले युरोपमा शान्ति फर्काउने दिशामा मिलेर काम गर्न सहमत भएका छन्।”

“दुई नेताले जर्मनी र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध र वर्तमान भूराजनीतिक चुनौतिहरु मा आफ्नो विचार साझा गर्नुभयो,” स्टेफन हेबस्ट्रेटले भने ।

जर्मन चान्सलरले गत हप्ता बुधबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पलाई बधाई दिएका थिए। आफ्नो बधाई सन्देशमा, उनले नेटो र जर्मन-अमेरिकी मित्रतालाई अझ बलियो बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गरे।

गत हप्ता बिहीबार, डोनाल्ड ट्रम्पले एनबीसी न्यूजसँग कुरा गर्दै आफूले आफ्नो चुनावी जीत पछि ७० भन्दा बढी विश्व नेताहरूसँग कुरा गरेको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *