सवारी दुर्घटना न्युनीकरण गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन

डिसी नेपाल
२७ कार्तिक २०८१ १२:५८
32
Shares

काठमाडौं। गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन्।

सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलाई यात्रु वाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिन लगायत सवारी दुर्घटना न्युनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिएका हुन्।

‘सडक सुरक्षा कायम प्रहरी प्रमुख मार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु।’ गृहमन्त्री लेखकले भने, ‘सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अप्नाउनुपर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *