प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

डिसी नेपाल
२८ कार्तिक २०८१ ७:५७
104
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जान लागेका हुन्।

यसअघि गत भदौ २३ गते हुने प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री आउन नसकेपछि दीक्षान्त समारोह स्थगित भएको थियो। कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सकेका विभिन्न तहका ५८ जना विद्यार्थीलाई ओलीले दीक्षित गर्ने कार्यक्रम तय भएको छ।

दीक्षान्त समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगर समेत जाने कार्यक्रम छ।

कर्णाली प्रतिष्ठानका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ जना रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *