भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न पाँच दिन म्याद थप

डिसी नेपाल
२९ कार्तिक २०८१ २३:४०
160
Shares

काठमाडौं। काठमाडौं शङ्खरापुर नगरपालिका–९ ईद्रायणीस्थित शाखु–थलिसडक खण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एकजनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ।

जिल्ला अदालत काठमाडौंले भुजेललाई आज पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

बुधबार दिउँसो काठमाडौं शङ्खरापुर नगरपालिका–९ ईद्रायणीस्थित शाखु–थलिसडक खण्डमा थलिबाट साँखुतर्फ आउँदै गर्दा प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारको ठक्करबाट बाप्र–०२–०१८ प ६८७५ नम्बरको बाइक चालक कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो।

भुजेलले चलाएको कारको ठक्करबाट बाइकमा सवार मृतक नारायणकी श्रीमती ३२ वर्षीया सानुमायाँ नगरकोटी गम्भीर घाइते भएकी र उनको अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *