युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
काठमाडौं। जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई लामो दुरीको मिसाइल नदिने निर्णय गरेका छन्। जर्मन सरकारका प्रवक्ताले आफ्नो देश युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध नगर्ने निर्णयमा अडिग रहने बताएका छन्।
जर्मन सरकारका प्रवक्ताले अमेरिकाले युक्रेनलाई रुसलाई लामो दुरीको मिसाइल आक्रमण गर्न अनुमति दिएपनि जर्मनीको आफ्नो नीति परिवर्तन नभएको स्पष्ट गरेका छन्।
युक्रेनलाई सैन्य सहायता दिनेमा अमेरिकापछि जर्मनी दोस्रो ठूलो देश हो तर जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई जर्मन निर्मित लामो दुरीको टोरस मिसाइल नदिने निर्णय गरेका छन्। गत हप्ता, जर्मन चान्सलर ओलाफ स्कोल्ट्जको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । जसलाई युक्रेनले आपत्ति जनाएको थियो।
अर्कोतर्फ अमेरिकाले आफ्नो पुरानो नीतिलाई परिवर्तन गर्दै युक्रेनलाई आफूले दिएका लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रयोग गर्ने अनुमति दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment