इस्लामाबाद उच्च अदालतले तोशाखान मुद्दामा इमरान खानलाई जमानत दियो

डिसी नेपाल
६ मंसिर २०८१ १४:२८
184
Shares

काठमाडौं । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा जमानत दिएको छ।

बुधवार इस्लामाबाद उच्च अदालतका न्यायाधीश मियाँ गुल औरंगजेबले इमरान खानलाई जमानत दिने क्रममा उनलाई बन्डको रकम तिर्न पनि आदेश दिएका थिए।

अदालतले आफ्नो आदेशमा अभियुक्त अन्य कुनै मुद्दामा वान्टेड नभएको खण्डमा रिहा गर्न भनेको छ ।

यसअघि इस्लामावाद उच्च अदालतले इमरान खानकी पत्नी बुशरा बीबीलाई पनि सोही मुद्दामा जमानतमा रिहा गरेको थियो ।

तर, यस मुद्दामा जमानत पाएपछि पनि इमरान खान जेलबाट रिहा भएका छैनन् ।

इमरानको पार्टी पीटीआईका अनुसार इमरान खानलाई दुई दर्जनभन्दा बढी मुद्दामा जमानत दिइएको छ । यसबाहेक उनको नाम अन्य केही मुद्दामा पनि जोडिएको छ ।

यदि लाहोरको अदालतले नोभेम्बर ३० मा भएको सुनुवाईमा इमरान खानलाई जमानत दिन्छ भने उनी जेलबाट रिहा हुन सक्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *