अमेरिकाको टेक्सास राज्यले डोनाल्ड ट्रम्पलाई दियो अवैध आप्रवासी राख्न जग्गा दिने प्रस्ताव
काठमाडौं । अमेरिकाको टेक्सासका अधिकारीहरूले नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन्।
अधिकारीहरुका अनुसार उनीहरुले अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरुलाई शिविर निर्माण गर्न करिब १४०० एकड जमिन दिने प्रस्ताव गरेका छन् ।
टेक्सास ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्र अनुसार, “अमेरिकाको इतिहासमा हिंसात्मक अपराधीहरूलाई निर्वासन, अभियोग चलाउन वा हिरासतमा राख्न यस भूमिमा क्याम्प बनाउन सकिन्छ।”
डोनाल्ड ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नेछन्। ट्रम्पले अवैध आप्रवासीलाई लिएर कडा नीति अपनाउने कुरा यसअघि नै गरिसकेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment