२०८३ असारमा देउवालाई सरकार जिम्मा लगाउँछु : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमालेबीचको सत्ता सहकार्य २०८४ सम्मै जाने बताएका छन्।
नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८३ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता सुम्पिने बताउँदै उक्त कुरा बताएका हुन्।
‘कान खोलेर सुने हुन्छ, सबै कुरा बुझे हुन्छ। २०८४ सम्म गठबन्धन कायमै रहन्छ। २०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु। अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौं,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment