मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

डिसी नेपाल
९ मंसिर २०८१ ११:०६
60
Shares

काठमाडौं । लेबनानले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाएको छ।

इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहका एक वरिष्ठ कमाण्डरलाई निशाना बनाउने उद्देश्यले शनिबार बिना चेतावनी यो हमला गरिएको हो ।

यस आक्रमणमा एक आठ तले आवासीय भवन ध्वस्त भएको थियो। यो हमला घना जनसंख्या भएको बस्ता जिल्लामा गरिएको हो ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले उक्त हमलामा तथाकथित बंकर बस्टर बम प्रयोग गरिएको बताएको छ।

इजरायलले यो हतियार हसन नसरल्लाह लगायत हिजबुल्लाहका वरिष्ठ नेताहरूलाई मार्न प्रयोग गरेको थियो।

यस हमलामा शनिबार मृत्यु हुनेको संख्या १५ बाट बढेर २० पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले ६० जनाभन्दा बढी घाइते भएको र पीडितको संख्या अझै बढ्न सक्ने जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *