आइपिएल अक्सन : ऋषभ बने महँगो खेलाडी
काठमाडौं । भारतीय क्रिकेटर ऋषभ पन्त इण्डियन प्रिमियर लिग (आइपिएल)मा ऐतिहासिक मूल्यमा बिक्री भएका छन्। आइतबार जारी अक्सनमा उनी लखनउ सुपर जायन्ट्समा २७ करोड भारुमा बिक्री भएका हुन्।
यससँगै केही समयअघि श्रेयस अय्यरले राखेको आइपिएल इतिहासकै महँगो खेलाडीको कीर्तिमान भंग भएको छ।
पन्तलाई सुरुवातमा लखनउ र बैंगलोरले बोली लगाएका थिए। ११.७५ करोडपछि सनराइजर्स हैदराबादले बोली लगाउन सुरु गरेको थियो। तर, अन्तिम बोली २०.७५ करोड रुपैयाँमा हैदराबादले लगाएको थियो। त्यसपछि दिल्लीले आफ्नो आरटिएम कार्ड प्रयोग गर्यो। र, लखनउले उनको फाइनल बिड सोधेर आफ्नो बनाएको थियो।
ऋषभ २०२० को आइपिएलमा दिल्लीको कप्तान थिए। त्यसको अर्को वर्षा कार दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनी टिम बाहिर रहेका थिए। २०२४ मा टिममा पुनरागमन गर्दै उनी दिल्लीका लागि पुनः कप्तान बनेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment