दाउदसँग जोडेर बाबा सिद्दिकीको हत्या गर्न लरेन्स समुहले उक्साएको खुलासा
मुम्बइ । बाबा सिद्दिकी हत्या प्रकरणका मुख्य शूटर शिवकुमारले अपराध शाखाको सोधपुछका क्रममा आफूलाई लरेन्स बिश्नोई गिरोहले बहकाएको बताएका छन् ।
मुम्बइ प्रहरी स्रोतका अनुसार यस मामिलामा फरार अभियुक्त शुभम लोन्करले वान्टेड अन्डरवर्ल्ड डन दाउद इब्राहिमको तस्विर देखाउँदै शिवकुमार गौतमलाई उक्साउँदै हत्या गर्न लगाएको खुलेको छ ।
फरार अभियुक्त शुभम लोन्करले शिवकुमार गौतमलाई बाबा सिद्दिकीको तस्बिर देखाउने गर्दथे र दाउद इब्राहिमसँग बाबा सिद्दिकीको सम्बन्ध रहेको बताउँने गर्दथे । त्यतिबेला उनले दाउद इब्राहिम देशको दुश्मन भएकोसमेत बताएका थिए । क्राइम ब्रान्चले सोधपुछ गर्दा गौतमले लरेन्सलाई बिश्नोई गिरोहले धोका दिएको बताएका छन् ।
क्राइम ब्रान्चको सोधपुछका क्रममा प्रहरीले शिवकुमार गौतमलाई बाबा सिद्दिकी र दाउदको सम्बन्ध कुनै पनि घटनामा फेला नपरेको बताए पछि शिवकुमार गौतम अचम्ममा परेका थिए । उनले भनेका थिए कि ‘शुभम लोन्करले झुटो कथा सुनाएर हामीलाई फसाएर हत्या गर्न उक्साएको रहेछ’
अपराध शाखा स्रोतका अनुसार लरेन्स बिश्नोई गिरोहले त्यसैगरी कम शिक्षित वा जेल परेका व्यक्तिलाई झुटा कथा सुनाएर आफ्नो काम गराउने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment